राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदमा पुनः दरखास्त आह्वान

विहीबार, ०६ मंसिर २०८१, ०९ : ४७

काठमाडौं- राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः दरखास्त आह्वान गरिएको छ।

कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै पुनः सीईओ पदमा दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले २१ दिनभित्र काठमाडौंको रामशाहपथस्थित कम्पनीको कार्यालयमा दरखास्त दिन सक्नेछन्।

यसअघि बुधबार समितिले एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएको जानकारी गराएको थियो। समितिले गत असोज १६ गते एक सूचना जारी गर्दै सीइओ पदमा दरखास्त पेस गर्न आह्वान गरेको थियो। उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको थियो।

उक्त पदमा कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ।

 

विहीबार, ०६ मंसिर २०८१, ०९ : ४७

प्रतिक्रिया