काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाजिम्पाटस्थित होटल ली हिमालयसँग विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ।
यस सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका छन्। यस सहकार्यले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।
डिजिटल माध्यमबाट भुक्तानी गर्दा पाइने यस्ता सुविधाहरूले नगद कारोबारलाई कम गर्न मद्दत पुर्याउने अपेक्षा बैंकले गरेको छ। ग्राहकहरूको लागि बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्न समय–समयमा यस्ता सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।
सिटिजन्स बैंकले हाल ६० जिल्लामा १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया