सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

शुक्रबार, ०७ मंसिर २०८१, १२ : ०१

काठमाडौँ - सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

आर्थिक बर्ष २०८०\८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९\८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक -असार मसान्त २०८१-
निष्क्रिय कर्जा      १.७२ %
पुँजीकोष            १३.२१ %
तरलता              २९.२१ %
कर्जा निक्षेप अनुपात (मासिक औसत)     ८०.५३ %
 

शुक्रबार, ०७ मंसिर २०८१, १२ : ०१

प्रतिक्रिया