काठमाडौं - विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन्।
कम्पनीको मंसिर ६ गते सम्पन्न आव २०८०\८१ को ८औँ वार्षिक साधारण सभाको निर्णयअनुसार उल्लेखित दुई जनालाई स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरिएको हो। दुवै जनालाई प्रचलित कानुन बमोजिम मंसिर ६ गतेदेखि आगामी १ वर्षको लागी नियुक्त गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया