नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

आइतबार, ०९ मंसिर २०८१, ११ : ३९

काठमाडौं - आज नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली मंसिर १० गते बुकक्लोज गर्ने भएको छ। यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

सोही प्रस्तावसहित बैंकले मंसिर २७ गते बिहीबार राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा ४० औं वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजेदेखि सुरु हुनेछ ।
 

आइतबार, ०९ मंसिर २०८१, ११ : ३९

प्रतिक्रिया