मुक्तिनाथ विकास बैंकसगँ जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरबीच सम्झौता

सोमबार, १० मंसिर २०८१, १६ : ४३

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन काठमाडौं-३, लाजिम्मपाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी प्रालि र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरसँग विभिन्न औषधिहरू र स्वास्थ्यसम्बन्धी सेवाहरू खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

फिजियोथेरापी, ओस्टियोप्याथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा र अन्य सेवामा छुट प्रदानसम्बन्धी सम्झौता भएको हो। यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरू र ग्राहकहरूले काठमाडौं- ३, लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधिहरू र स्वास्थ्यम्बन्धी प्रडक्टहरू खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाइहरू बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

सोमबार, १० मंसिर २०८१, १६ : ४३

प्रतिक्रिया