कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक

मंगलबार, ११ मंसिर २०८१, ०९ : ५०

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई बैंकिङ कारोबार गर्न रोक लगाएको छ । राष्ट्र बैंकबाट‘ख’वर्गको मान्यता प्राप्त यस बैंक समस्याग्रस्त रहेको भन्दै निक्षेप संकलन र ऋण प्रवाहमा रोक लगाइएको हो । 

राष्ट्र बैंकद्वारा मंगलबार जारी सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धि विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागु हुनेगरी थप निक्षेप संकलन गर्न,  नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

rastra bank


 

मंगलबार, ११ मंसिर २०८१, ०९ : ५०

प्रतिक्रिया