काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको शेयरभाउ समायोजन गरेको छ।
नेप्सेले शेयरमूल्य समायोजन गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरभाउ प्रतिकित्ता ७१३.६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७६० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको शेयर कारोबारमा आउनेछ।
बैंकले लाभांश र वार्षिक साधारणसभा आज मंसिर १२ गते बुक क्लोज गर्दैछ। यसको अर्थ हिजो मंसिर ११ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
प्रतिक्रिया