रोकिएको आइपिओ चाँडै निष्कासन गर्ने  सेबोनका अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

बुधबार, १२ मंसिर २०८१, १४ : ५१

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार गरेका छन्। मंगलबार अध्यक्षको शपथ लिएका उनले आज खुमलटार स्थित बोर्डको कार्यालय पुगेर पदभार सम्हालेका हुन्।

पदभारपछि श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशनअनुसार अगाडि बढ्ने बताए। उनले नयाँ एक्सचेन्जको काम निकै अगाडि बढेको बताउँदै त्यसमा सरकारको नीति ,कानुन र निर्देशअनुसार अगाडि बढ्ने बताए।

नयाँ स्टक एक्सचेन्जको विषयमा आफू स्पष्ट रहेको उनको भनाइ। उनले लामो समयदेखि अध्यक्षविहीन धितोपत्र बोर्डको अध्यक्षमा आफू ठुलो जिम्मेवारीका साथ आएको बताए। उनले चुनौतीहरू धेरै रहे पनि रोकिएका सबै काम पूरा गर्ने बताए। उनले सबै लगानीकर्ताको पक्षमा काम गर्ने बताए।

'ठुलो जिम्मेवारीका साथ आएको छु। ठुलो च्यालेन्ज पनि छ। विशेष गरी क्यापिटल मार्केटको भूमिकाको दायर बढाउँदै लैजानुपर्छ। इन्भेस्टरहरूको प्रोटेक्सन पहिलो प्राथमिकता हो। यसलाई मध्यनजर गर्ने। क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने कन्ट्रीब्युसन धेरै छ। त्यसको सदुपयोग गर्न सकिरहेको छैन,उनले भने,नेपाल सरकारको कानुनअनुसार स्टक एक्सजेन्सको विषयमा अगाडि बढिन्छ। धेरै कुराहरू यसमा अगाडि बढिसकेको स्थिति छ। यसमा बुझेर अगाडि बढछौं।'

उनले  रोकिएको आइपिओ चाँडै निष्कासन गर्ने दावी गरे। 'आईपीओ निष्कासनको विषयमा साथीहरूसँग वस्तुस्थित बुझ्छु। आइपिओ जारी गर्न अनुमति दिने नियमित काम हो। प्रक्रियाबाट अगाडि बढ्छ। स्थायी नेतृत्व नहुँदा आइपिओ रोकिएको हो,उनले भने,यो समस्या समाधान हुँदै जान्छ।'

बुधबार, १२ मंसिर २०८१, १४ : ५१

प्रतिक्रिया