आइएमई लाइफको सिईओमा खड्का नियुक्त

शुक्रबार, १४ मंसिर २०८१, १० : ०२

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् ।

मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

निजको नियुक्तिको स्वीकृतिका सम्बन्धमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बिमा ऐन तथा प्रचलित कानुनको पूर्ण पालना गर्ने गरि कम्पनीका सञ्चालक समितिलाई आवश्यक कार्य गर्नको जानकारी गराएको थियो ।
 

शुक्रबार, १४ मंसिर २०८१, १० : ०२

प्रतिक्रिया