पुस ६ गते लक्ष्य क्यापिटलले बोलायो एजीएम

शुक्रबार, १४ मंसिर २०८१, १२ : ४२

काठमाडौं - लक्ष्य क्यापिटल लिमिटेडले पुस ६ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले ललितपुर पार्टी प्यालेस, सातदोबाटो, ललितपुरमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०\८१ को मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

कम्पनीको उद्देश्य थप गर्ने र ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको कम्पनीले स्वतन्त्र सञ्चालक नियुक्तिको पनि प्रस्ताव गरेको छ । 

शुक्रबार, १४ मंसिर २०८१, १२ : ४२

प्रतिक्रिया