कुमारी बैंक र भिजन कार्टबिच सम्झौता

शुक्रबार, १४ मंसिर २०८१, १५ : ००

काठमाडौं - कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाडौं स्थित भिजन कार्ट प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपिडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट ९अधिकतम ४ हजारसम्म निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइन्छ । 

साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र ज्येष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइनेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

शुक्रबार, १४ मंसिर २०८१, १५ : ००

प्रतिक्रिया