लक्ष्मी सनराइज क्यापिटलको वार्षिक साधारण सभाले पारित गर्‍यो लाभांश

आइतबार, १६ मंसिर २०८१, १७ : ५४

काठमाडौं - लक्ष्मी सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा संचालित लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारण सभा मिति २०८१\०७र\१६ गते आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ ।

आ.व. २०८०र०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सन्राईज क्यापिटल एक आपसमा गाभिई मिति २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी रु.४८,८९,००,००० कायम भएको छ । 

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आ.व. २०८०\०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८१\०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धमा निर्णय गरिएको छ । 

साथै, मर्जर पश्चात् आ.व. २०८०\०८१ को एकीकृत वासलात बमोजिम प्रति शेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् रु.७,७१,९४,७३६.८० (१५ ५ कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । तीन दशकभन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सक्रियताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरूको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ । 

हाल २० वटा कम्पनीहरूको शेयर निष्कासनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरूको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेको छ र कम्पनीले करिब ३.५० लाख निक्षेप सदस्यहरूको डिम्याट खाता खोल्न सफल भएको छ ।

कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्द मुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आइरहेकोमा मिति २०८१\०२\२८ मा १ अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात् सोका इकाइधनीहरुलाई रु ११.१४ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको । बाँकी ५ वटा योजनाले आ.व. २०८०\०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ ।

विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृती प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरूबाट करिब रु।४० करोड संकलन गरिसकेको, बाँकी रकम चालु आ.व. मा संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

 

 

 

आइतबार, १६ मंसिर २०८१, १७ : ५४

प्रतिक्रिया