कीर्तिपुर–४ बाट कांग्रेसका बानियाँ निर्वाचित

सोमबार, १७ मंसिर २०८१, १२ : ०५

काठमाडौँ- आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचनमा कीर्तिपुर वडा नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । 

उनले कुल ७४२ मत प्राप्त गर्दा उनका निकटतम प्रितिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत ल्याइन् ।

यस्तै नेकपा माओवादी केन्द्रका नारायण विष्ट २८७ र नेकपा एमालेका बद्री बुढाथोकीले १५४ मत ल्याएका छन् ।

सोमबार, १७ मंसिर २०८१, १२ : ०५

प्रतिक्रिया