एडीबी र एमएसईएलबीच सम्झौता

सोमबार, १७ मंसिर २०८१, १३ : २३

काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले सोमबार बंगलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) सँग २४.३ मिलियन अमेरिकी डलरको वित्तीय प्याकेजमा हस्ताक्षर गरेको छ।

बङ्गलादेशस्थित ऊर्जा कम्पनी जुल्स पावर लिमिटेडको स्वामित्वमा रहेको एमएसइएलका लागि वित्तीय प्याकेजको व्यवस्था गरिएको एडिबीले जनाएको छ ।

परियोजनाले २० मेगावाट ग्रिड जडित सौर फोटोभोल्टिक पावर प्लान्ट निर्माण र सञ्चालन गर्नेछ भने वार्षिक ३७.९ गिगावाट-घण्टा बिजुली उत्पादन गर्ने गरी वार्षिक १८ हजार ३४४ टन कार्बन डाइअक्साइड उत्सर्जनबाट जोगाउने जनाइएको छ। परियोजनाको उद्देश्य बङ्लादेशमा प्रगति र दिगो ऊर्जा समाधानहरू अगाडि बढाउनु हो ।

दीर्घकालीन वित्तपोषणले नवीकरणीय ऊर्जा विकासमा निजी क्षेत्रको संलग्नता प्रवर्द्धन गरी नवीकरणीय परियोजनाको पुँजी आवश्यकता सम्बोधन गर्ने निजी क्षेत्र सञ्चालनका लागि एडिबीका महानिर्देशक सुजैन गाबोरीले बताएका छन् ।

 

सोमबार, १७ मंसिर २०८१, १३ : २३

प्रतिक्रिया