ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

मंगलबार, १८ मंसिर २०८१, १७ : २६

काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने र गराउने सम्झौता भएको छ ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा- २६, विजयपुरमा आज मंसिर १८ गते एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमति पत्रमा हस्ताक्षर गरे ।

ऋणीहरूको मृत्यु भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने कार्यक्रममा जनाइएको छ । कार्यक्रममा कोषका प्रबन्धकहरू तथा वित्तीय संस्थाका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । वित्तीय संस्थाले सातै प्रदेशमा १२१ वटा शाखा कार्यालयहरू मार्फत करिब १,५१,००० सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरेको छ ।

हाल वित्तीय संस्थाको ६० हजारभन्दा बढी ऋणी सदस्य र करिब ९ अर्ब ३३ करोड लगानीमा रहिरहेको कर्जा रहेको जनाइएको छ ।

मंगलबार, १८ मंसिर २०८१, १७ : २६

प्रतिक्रिया