नेपाल एसबीआई बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

बुधबार, १९ मंसिर २०८१, १० : १९

काठमाडौं- नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्नका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गरिने बैंकले जनाएको छ।
 

बुधबार, १९ मंसिर २०८१, १० : १९

प्रतिक्रिया