श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

बुधबार, १९ मंसिर २०८१, ११ : १८

काठमाडौं- श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ ।

 कम्पनीले गत वर्षको नाफाबाट कुल १ दशलमव ९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको बोनश शेयर वापत १ दशलमव ८६५९ प्रतिशतले हुन आउने १ करोड ८३ लाख १६ हजार ८ सय र कर प्रयोजनका लागि ० दशलमव ०९८२ प्रतिशत नगद लाभांशले हुने ९ लाख ६४ हजार ४२ पैसा वितरण गर्ने निर्णय गरेको छ ।

 कम्पनीले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

बुधबार, १९ मंसिर २०८१, ११ : १८

प्रतिक्रिया