काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा बुधबार सम्पन्न भएका छ ।
सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड रुपैयाँ वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब रुपैयाँ र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड रुपैयाँ अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको थियो ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल ७ अर्ब ५१ करोड रुपैयाँ आर्जन
प्रतिक्रिया