एनएमबि बैंकलाई युएन वुमन डब्लुईपी अवार्ड

विहीबार, २० मंसिर २०८१, १६ : ४३

काठमाडौं - एनएमबि बैंकलाई २०२४ को UN Women एशिया–प्यासिफिक WEPs अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ ।

यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो । UN Women / UN Global Compact द्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ । 

ती प्रयासहरूमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित CSR गतिविधिहरू रहेका छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा WEPs अन्तर्गतको UN Women द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो । 

यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दिगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

विहीबार, २० मंसिर २०८१, १६ : ४३

प्रतिक्रिया