काठमाडौं - कुमारी बैंकले आफ्नो विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूको हुने भएकाले यो सेयर संस्थापकहरूका लागि बिक्रीमा राखिएको बैंकले उल्लेख गरेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।
प्रतिक्रिया