काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत भएको छ ।
रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा।लि।बाट प्रतिनिधित्व गरेका सञ्चालक सिग्देलले मंसिर १४ गते सञ्चालक समितिसमक्ष दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
बैंकले सञ्चालकमा अनिल साह र मुकुन्द महतलाई नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको ५१४ औँ बैठकको निर्णयले साह र महतलाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनीहरू वित्तीय क्षेत्रका अनुभवी व्यक्तिका रूपमा चिनिन्छन् ।
बैंकका सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत भएको छ । रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.बाट प्रतिनिधित्व गरेका सञ्चालक सिग्देलले मंसिर १४ गते सञ्चालक समितिसमक्ष दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
प्रतिक्रिया