समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शुक्रबार, २१ मंसिर २०८१, १४ : ५७

काठमाडौं - समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रवारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखा बाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रम गैर फरहदवा टोल, हरिपुरका ६२ जना र कोरियारी टोल, चन्द्रनगर गाउँपालिका १ का ४५ जना किसान र बर्दिबास(१२ दादा टोलका २० जना स्थानीय बासिन्दालाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।

शुक्रबार, २१ मंसिर २०८१, १४ : ५७

प्रतिक्रिया