काठमाडौं - एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
बैंकको शुक्रवार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले आर्थिक वर्ष २०८०\र८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय समेत गरेको छ ।
उक्त वित्तीय विवरण बैंकको आगामी साधारण सभामा अनुमोदनका लागि पेस हुनेछ ।
प्रतिक्रिया