एनएमबि बैंक सञ्चालकमा ठाकुर जंग थापा नियुक्त

आइतबार, २३ मंसिर २०८१, १२ : ३२

काठमाडौं - एनएमबि बैंक लिमिटेडको सञ्चालक समितिको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् ।

मंसिर २१ गते बसेको कम्पनी सञ्चालन समितिको ४७८ औं बैंठकले सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थापालाई सञ्चालक समितिको पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

यस अघिका संस्थापक शेयर धनी जीवन कुमार कट्वालले सञ्चालकको भूमिका निर्वाह गर्दै आएका थिए ।

 

आइतबार, २३ मंसिर २०८१, १२ : ३२

प्रतिक्रिया