लाभांश वितरण प्रयोजनार्थ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

सोमबार, २४ मंसिर २०८१, ०९ : २६

काठमाडौं- शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले बैंकको १६औँ वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रयोजनका लागि उचित देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसका लागि नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार फेरबदल गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्दै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका अर्थ पुस २ गतेसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सोमबार, २४ मंसिर २०८१, ०९ : २६

प्रतिक्रिया