नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित नतिजा प्रकाशन

सोमबार, २४ मंसिर २०८१, ११ : ०८

काठमाडौं - नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको अधिकृत तृतीय श्रेणीको प्रशासनतर्फको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

लोक सेवा आयोगले विज्ञापन नम्बर १२ र २०८१ (खुला तथा समावेशी) तर्फको लिखित परीक्षाको प्रथम चरणको नतिजा सार्वजनिक गरेको हो।

आयोगले गत मंसिर ७ गते सञ्चालन गरेको परीक्षामा कुल २ हजार ९६२ जना सहभागी भएका थिए। जसमध्ये १ हजार ८८५ जना लिखित परीक्षा पास भएका छन्  । 

सोमबार, २४ मंसिर २०८१, ११ : ०८

प्रतिक्रिया