गोर्खाज् फाइनान्सका स्वतन्त्र सञ्चालक र कम्पनी सचिवद्वारा राजीनामा

सोमबार, २४ मंसिर २०८१, ११ : १९

काठमाडौं - गोर्खाज् फाइनान्सको स्वतन्त्र सञ्चालक र कम्पनी सचिवले राजीनामा दिएका छन्  । 

बैंकका स्वतन्त्र सञ्चालक प्रविन भट्टराई र कम्पनी सचिव मुकुन्द श्रेष्ठले राजीनामा दिएका हुन् । उनीहरुको राजीनामा कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । 

त्यस्तै, हालसम्म श्रेष्ठले हेर्दै आएको कम्पनी सचिवको जिम्मेवारी कम्पनीका वरिष्ठ प्रबन्धक दीपक न्यौपानेले हेर्नेगरी तोक्ने निर्णय समेत बैठकले गरेको छ ।

 

सोमबार, २४ मंसिर २०८१, ११ : १९

प्रतिक्रिया