स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा भोलि बस्दै

सोमबार, २४ मंसिर २०८१, १३ : ५२

काठमाडौं - स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा भोलि मंसिर २५ गते बस्दैछ ।

सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पेस गरिनेछ।

बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सोमबार, २४ मंसिर २०८१, १३ : ५२

प्रतिक्रिया