स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओ राणा नियुक्त

मंगलबार, २५ मंसिर २०८१, ०९ : ४९

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन्।

बैंकले पहिलो पटक नेपालीलाई सीइओ बनाएको हो। सन् १९८७ देखि का नेपालमा स्ट्यान्डर्ड चार्टर्ड बैंक सञ्चालनमा आएको थियो।स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सुरूदेखिनै कार्यरत राणा अमेरिकाबाट एमबिए गरेका हुन। सिईओमा नियुक्त हुनु अघि बैंकमा राणा डेप्युटी सीईओको रहेका थिए। अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो।  

सन् १९९४ देखि उनी स्ट्यान्डर्ड चार्टर्डसँग आबद्ध रहेका राणाले बैंकमा विभिन्न डिपार्टको नेतृत्व समेत गरेका थिए। राणा दिवंगत राजा विरेन्द्र शाहका ज्वाई हुन्। उनको श्रीमती श्रुती राज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा राजा विरेन्द्रसहित मृत्यु भएको थियो। 

एभरेष्टपछि स्टाण्डर्ड चार्टर्ड बैंक खराब कर्जा कम भएका बैंकभित्र पर्दछ। गत आर्थिक वर्षको नाफाबाट स्टाण्डर्ड चार्टर्ड बैंकले ६।५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ। अघिल्लो वर्ष पनि यस बैंकले १५.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। १० अर्ब चुक्तापुँजी रहेको बैंको सेयर मूल्य ६४४ रुपैयाँमा कारोबार भइरहेको छ। जुन बैंकिङ समूहको सवैभन्दा महंगो सेयर मूल्य हो। 

चालू वर्षको पहिलो चार महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा समेत गरेको छ। बैंकको साधारण सभा आज बस्दैछ। साधारणसभाले सेयरधनीलाई दिने लाभांश समेत पारित हुनेछ। 

मंगलबार, २५ मंसिर २०८१, ०९ : ४९

प्रतिक्रिया