काठमाडौं - डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंकले आगामी मंसिर २८ गते शुक्रवार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिवार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ।
बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा नआउने छ। बैंकले डाटा सेन्टर अद्यावधिक गर्नु आफ्नो डिजिटल सेवा प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउने प्रयासका रूपमा लिएको छ।
प्रतिक्रिया