काठमाडौं - चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरूले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरुको नाफा ६१ प्रतिशत वृद्धि भएको छ । गत असोज मसान्तसम्ममा बैंकहरूले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधीमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । चार महिनामा नबिलले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो असोजसम्मको तुलनामा भने ६.३४ प्रतिशत बढी हो । कात्तिकमा मात्रै नबिलले ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै नाफाका आधारमा दोस्रोमा रहेको ग्लोबल आइएमईले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ कमाएको छ । कात्तिकमा मात्रै बैंकले ६० करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । कात्तिकमा मात्रै बैंकले ३५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको हो । प्राइमले पनि चार महिनामा १ अर्ब ६२ करोड ६४ करोड कमाएको छ ।
कुमारीले पनि १ अर्ब ५९ करोड ४ लाख, एभरेष्टले १ अर्ब ५० करोड ९३ लाख, एनएमबिले १ अर्ब ४८ करोड ३२ लाख, प्रभूले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड ९४ लाख र नेपाल एसबिआईले १ अर्ब ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, नेपाल बैंकले ९३ करोड ८८ लाख, हिमालयन बैंक ९१ करोड ८८ लाख, माछापुच्छ्रे ६८ करोड ९७ लाख, सिद्धार्थले ६६ करोड ७८ लाख, सानिमाले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्यले ५५ करोड २७ लाख, सिटिजनले ४३ करोड ८६ लाख र एनआइसी एशियाले ३८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । कृषि विकास बैंक भने २२ करोड ७७ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ।
प्रतिक्रिया