काठमाडौं - नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा सर्ने भएको छ ।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले मंगलवार एक सूचना जारी गर्दे कार्यालय सर्ने जानकारी दिएको हो । केन्द्रीय कार्यालय बालुवाटारमा रहेको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागले आगामी पुस १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट सेवा दिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
केन्द्रीय बैंकले दिएको जानकारी अनुसार अब उल्लेखित विभाग अन्तर्गतका सम्पूर्ण कामहरू थापाथलीबाट हुनेछ । नयाँ भवनमा सम्पत्ति र सेवा व्यवस्था विभाग र मानव संशाधन व्यवस्थापन विभाग सरिसकेका छन् ।
प्रतिक्रिया