वाणिज्य बैंक धराशायी बनाउँदै दिलिप ढुंगाना, कांग्रेसको आडमा मनोमानी

मंगलबार, २५ मंसिर २०८१, १५ : ५५

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुंगानाको मनोमानी क्रियाकलापले बैंकको केन्द्रीय कार्यालयका कर्मचारीहरु आक्रान्त भएका छन् ।  
अध्यक्ष ढुंगानाले राजनीतिक आडमा बैंकका कर्मचारीलाई आफ्नो पदको दुरुपयोग गर्दै अनुचित काम गर्न समेत दबाब दिँदै आएको त्यहाँ कार्यरत कर्मचारीहरुले गुनासो गर्ने गर्छन् ।

उनले आफूलाई कांग्रेस नेताको भाइ भएको र पार्टी सभापति शेरबहादुर देवासँग सिधै पहुँच रहेको धम्की दिँदै क्षेत्राधिकार मिचेर अनावश्यक काममा दबाब दिने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । 

कांग्रेस नेता एवं राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुंगानाका भाइ रहेका दिलिपले केन्द्रीय कार्यालयमा कानूनी प्रक्रिया पूरा नगरी रोकिएका बैंकिङ कारोबार सम्बन्धी फाइलहरुलाई अघि बढाउन दबाव दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा उनले बताए ।

‘कांग्रेस सभापति देउवासँगको निकटता र दाइको दम्भ देखाएर प्रक्रिया पूरा नगरेका फाइल सदर गर्न दबाब दिँदै आउनुभएको छ।’, ती कर्मचारीले भने । 

वाणिज्य बैंक केन्द्रीय कार्यालयमा ढुंगानाबाट आक्रान्त भएका कर्मचारीहरुका अनुसार रोकिएका फाइल सदर गर्न कार्यकारी अधिकार नभएका उनले धम्कीपूर्ण भाषा समेत प्रयोग गर्ने गर्दछन्। यस अघि बैंकको सञ्चालक समितिको बोर्ड सदस्य रहेका ढुंगाना कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अध्यक्षमा नियुक्त भएका हुन् । 

हालका उर्जामन्त्री दिपक खड्कासँग पनि ढुंगानाको निकट साझेदारी रहेको पाइएको छ । उर्जामन्त्री खड्काको व्यावसायिक कारोबार मिलानदेखि बाणिज्य बैंकको ऋण प्रवाह समेत ढुंगानाले मिलाउँदै आएको बुझिएको छ । 

स्काउटको जग्गा हडपेर करिब पाँच करोड भाडा समेत नतिरेका उर्जा  मन्त्री खड्कालाई कुलमान घिसिङसँग टसल गर्न यिनै ढुंगानाले सुझाएको स्रोत बताउँछ ।
ढुंगानाकै सुझाब अनुसार उर्जामन्त्री खड्काले विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमै आफ्नो कार्यकक्ष खडा गरेको स्रोतको दाबी छ ।

बाणिज्य बैंकमा नियम विपरीत काम गर्न दबाब दिएर बेथितिको पर्याय बनेका ढुंगानाले विद्युत प्राधिकरणमा पनि कार्यसम्पादनमा अब्बल मानिएका प्रवन्ध निर्देशक घिसिङ विरुद्ध उर्जा मन्त्री खड्कालाई उक्साएका छन् ।

दरबारमार्गको एक रेष्टुरालाई नियमित दारु अड्डा बनाएका उनले रक्सी खाएर त्यसको उन्मादमा  कांग्रेस र दाई आनन्द ढुंगानाको घुर्की लगाउँदै उर्जामन्त्री खड्कासँग स्काउटको विवादास्पद जग्गाको कारोबार सबै आफूले मिलाउने जिम्मा लिएको उक्त स्रोत बताउँछ ।

अदालतको आदेश विपरीत स्काउटको जग्गा हडपेर भाडा समेत नतिरेका उर्जामन्त्री खड्कालाई त्यसबाट उन्मुक्ति दिलाइदिने आश्वासन दिएर ढुंगानाले कुलमानविरुद्ध परिचालन गरेको स्रोतको दाबी छ ।


 

मंगलबार, २५ मंसिर २०८१, १५ : ५५

प्रतिक्रिया