काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४४९ रुपैयाँ ५१ पैसा तोकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४६३ रुपैयाँ को आधारमा नयाँ मूल्य समायोजन गरेको हो।
बैंकले ३% बोनस शेयर वितरणको प्रस्ताव गरेपछि शेयरमूल्य समायोजन गरिएको हो। समायोजनपछिको मूल्यलाई आधार मान्दै आजबाट दोस्रो बजारमा बैंकको शेयर कारोबार हुनेछ।
बैंकले आफ्नो १६औं वार्षिक साधारण सभा पुस १९ गते, शुक्रबार, रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा आयोजना गर्नेछ। बिहान ११ बजे सुरु हुने सभामा लाभांश वितरण अनुमोदनसहित अन्य महत्वपूर्ण प्रस्तावहरूमा छलफल हुनेछ।
शेयरधनी र लगानीकर्ताका लागि यो साधारण सभा आगामी नीतिगत निर्णयहरूको लागि विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया