काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा पुस २८ गते काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे आयोजना गर्ने तयारी गरेको छ।
कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त सभामा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरू पारित गर्ने प्रस्ताव गरेको छ। सभामा चालू आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै सेयरधनीहरूलाई ६.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।
यस सँगै, नयाँ लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, ४ जना नयाँ सञ्चालकको निर्वाचन, केन्द्रीय कार्यालय स्थानान्तरण, र अन्य कम्पनीहरूसँग मर्जर वा रणनीतिक साझेदारीका लागि आवश्यक निर्णयहरू पारित गरिने छन्।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, पुस ९ गतेसम्म नाममा सेयर कायम गराएका सेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया