लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाए : कुलमान घिसिङ

शुक्रबार, ०५ पुस २०८१, १३ : १२

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको बताएका छन् । 

नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारणसभामा बोल्दै उनले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फैलाइएको बताए । 

अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २/३ घण्टा उद्योग नचलाइदिनुस् भनेको बताए । तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको बताए । 

उनले उद्योगीले सामान्य समयमा पनि दैनिक १६/१७ घण्टा भन्दा बढी उद्योग नचल्ने गरेको बताउँदै २/३ घण्टा बिजुली नपाउँदा समस्या हुने अवस्था नरहेको बताए । उनले अबको १० दिनभित्र अपर तामाकोशी आउने र कालीगण्डकी पनिछिटै सञ्चालनमा आउने भएकोले अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताए । 

घिसिङले अहिले सरकार धेरै लगानी गर्न सक्ने अवस्थामा नरहेको र बजेट दिइएका आयोजनामा समेत भुक्तानीको समस्या रहेको भन्दै आयोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार, ०५ पुस २०८१, १३ : १२

प्रतिक्रिया