नेपाल टेलिकमले शेयरधनीहरूलाई प्रति शयेर ३० रूपैयाँ नगद लाभांश वितरण गर्ने

आइतबार, ०७ पुस २०८१, १० : २४

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा प्रति शयेर ३० रूपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । 

नेपाल टेलिकमको सञ्चालनक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट शेयरधनीहरूलाई प्रति शयेर ३० रूपैयाँ (कर समेत) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण गर्ने निर्णय पारित गर्न टेलिकमले पुस २८ गते आइतबार राष्ट्रिय सभा गृहमा साधारणसभा आह्वान गरेको छ । 

सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेपछि शेयरधनीहरूलाई नगद लाभांश वितरण हुनेछ । 

आइतबार, ०७ पुस २०८१, १० : २४

प्रतिक्रिया