काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरे । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
सभाले कम्पनीको आर्थिक वर्ष २०८०(८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८०(८१ को लागि प्रस्तावित २०५ नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८१(८२ का लागि लेखा परीक्षकको रूपमा श्री सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ।
सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ।
प्रतिक्रिया