काठमाडौं- मेट लाइफ नेपालले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेका विभिन्न बीमा लेखमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८/८१ को बीमा कोषको बीमाङ्कीय मूल्यांकनका आधारमा सम्पूर्ण जीवन बीमालेखहरुका लागि उक्त अवधिको प्रतिवर्ष प्रतिहजार बीमांकअनुसार बोनस दर सार्वजनिक गरेको हो ।कम्पनीको अग्रिम भुक्तानी योजनामा बिमितले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम अधिकतम ६५ रुपैयाँसम्म बोनस दर पाउनेछन् ।
प्रतिक्रिया