काठमाडौं - प्रोग्रेशिभ फाइनान्स लिमिटेडले एकै पटक २७ औं र २८ औं साधारण सभा बोलाएको छ ।
सभामा आगामी पुस २९ गते ललितपुरमा रहेको ज्यापु प्रज्ञा भवनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । संस्थाले गत आवका लागि सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९\८० र २०८०\८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १४ गतेसम्म कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया