नेपाल बैंक र काठमाडौं डेन्टलबीच सम्झौता

सोमबार, ०८ पुस २०८१, १३ : ३४

काठमाडौं - नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी र बैंकका ग्राहकलाई माछा पोखरीमा अवस्थित बुद्ध मलमा रहेका काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई २५ प्रतिशतले छुट हुने भएको छ ।

उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र हस्पिटलको तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरेका छन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले हस्पिटलले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

सोमबार, ०८ पुस २०८१, १३ : ३४

प्रतिक्रिया