काठमाडौँ- आज एकै दिन २२ कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । नेप्सेमा सूचीकृत ती कम्पनीहरूले विभिन्न मितिमा बस्ने गरी ती साधारण सभाको घोषणा गरेका हुन् ।
साथै ती कम्पनीहरूले प्रस्तावित लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय समेत गरेका छन् ।
कम्पनी ऐनअनुसार पब्लिक कम्पनीले साधारण सभा आह्वान गर्नुभन्दा कम्तीमा २१ दिनअघि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । कम्पनी ऐनको व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा सोमबार एकै दिन २२ कम्पनीले साधारण सभा आव्हान गरेका हुन् ।
यसरी साधारण सभा आह्वान गर्ने कम्पनीहरूमा विजय लघुवित्त, सिनर्जी पावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, कालिका पावर कम्पनी, कालिन्चोक दर्शन, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, हिमालयन बैंक रहेको नेप्सेले जनाएको छ ।
त्यस्तै, गुडविल फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, गुडविल फाइनान्स, गरिमा विकास बैंक, इमर्जिङ नेपाल, डोल्टी पावर, चिलिमे हाइड्रोपावर, बुद्धभूमि हाइड्रोपावर, भुगोल, आत्मनिर्भर लघुवित्त र कृषि विकास बैंक रहेका छन् ।
एन अनुसार पुस मसान्तसम्म सधारणसभा गरिसक्नुपर्छ । जसका लागि बुधवार सम्म साधारण सभा आह्वान गरिसक्नुपर्ने व्यवस्था छ । साधारण सभाको आह्वानको मिति गुज्रिँदै जाँदा आह्वान गर्ने कम्पनीको संख्या बढेको देख्न सकिन्छ ।
प्रतिक्रिया