सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा

मंगलबार, ०९ पुस २०८१, १० : ३८

काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१को नगद लाभांश शेयरधनीहरुको खातामा पठाउन थालेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै उक्त आर्थिक वर्षको २० प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीहरुको बैंक खातामा पठाउन थालिएको जानकारी गराएको हो। उक्त नगद लाभांश कम्पनीको गत पुस ६ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाले पारित गरेको थियो।

एनआईसी एसिया बैंकमा खाता हुने शेयरधनीहरुलाई पुस ६ गतेबाटै नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ। अन्य बैंक तथा वित्तीय संस्थामा खाता हुने शेयरधनीहरुको नगद लाभांश भने पुस ७ गतेदेखि पठाउन थालिसकिएको कम्पनीले जनाएको छ।

आफ्नो बैंक खातामा लाभांश रकम प्राप्त भए नभउको यकिन गर्न पनि कम्पनीले आग्रह गरेको छ। यसका साथै भौतिक रुपमा कायम शेयरधनीहरुको हकमा आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्रै नगद लाभांश पठाइने कम्पनीले स्पष्ट पारेको छ।

गत मंसिर २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य भएका थिए।

मंगलबार, ०९ पुस २०८१, १० : ३८

प्रतिक्रिया