काठमाडौं - काठमाडौं महानगरपालिका, वडा नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पिटल प्रा.लि.तथा काठमाडौं महानगरपालिका,वडा नं ०४, धुम्बाराही स्थित हिमाल डेन्टल हस्पिटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित डेन्टल हस्पिटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २०% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल प्रा.लि.र हिमाल डेन्टल हस्पिटल प्रा.लि.मा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक श्री किशोर भट्ट तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री निरज लम्साल र मार्केटीङ म्यानेजर श्री सबिन राणा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको छ ।
त्यसै गरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरू,२८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
प्रतिक्रिया