एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा थपलिया सर्वसम्मत चयन

आइतबार, १४ पुस २०८१, १२ : ०७

काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा सिताराम थपलियालाई सर्वसम्मत चयन गरिएको छ ।

पुस १२ गते सम्पन्न वार्षिक साधारण सभाले गठन गरेको सञ्चालक समितिको बैठक सञ्चालक समितिको जेष्ठ सदस्य रमेश कुमार पोखरेलको अध्यक्षतामा बसी थपलियालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले स्वतन्त्र सञ्चालक दिलिप मुनंकर्मीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । स्वतन्त्र सञ्चालक मुनंकर्मीले गत पुस १२ गते पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । 

आइतबार, १४ पुस २०८१, १२ : ०७

प्रतिक्रिया