हकप्रद शेयर निष्कासन गर्दै कालिञ्चोक हाइड्रोपावर

मंगलबार, १६ पुस २०८१, १२ : ०७

काठमाडौं - कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव राखेर माघ १० गते कम्पनीको कार्यालय गल्कोपाखा काठमाडौंमा वार्षिक साधारण सभासमेत बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्ध पत्र एवं नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

मंगलबार, १६ पुस २०८१, १२ : ०७

प्रतिक्रिया