बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन

मंगलबार, १६ पुस २०८१, १२ : ४१

काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि निष्कासनमा ल्याएको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने पुस १७ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासनमा आएको छ । 

यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम सेयर धनीहरूले मात्र यो हकप्रद शेयर खरिदका लागि आवेदन दिन सकिनेछन् । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।

कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रवर्द्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा बिक्रेताहरूको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।

साथै, कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। अनलाइन आवेदनका लागि मेरो शेयर अनलाइन पनि प्रयोग गर्न सकिनेछ ।

मंगलबार, १६ पुस २०८१, १२ : ४१

प्रतिक्रिया