काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारण सभा गर्ने भएको छ ।
साधारण सभा होटल सामना प्रा.लि.को सभा हल, हेटौंडामा बिहान ११ बजे सुरु हुनेछ । सभामा संस्थाले ८ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।
आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साथै,अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि संस्थाले आज पुस १६ गते बुक क्लोज गरेको छ ।
तसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया