नेप्सेमा ३३.०८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

मंगलबार, १६ पुस २०८१, १५ : २७

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अकंले घटेर २५७६.५० को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा  ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

Capture

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी प्रभु बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज  कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १७ करोड ७ लाख रुपैयाँ, जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको बराबरको सेयर खरिद बिक्री भएको छ । 

Capture

मंगलबार, १६ पुस २०८१, १५ : २७

प्रतिक्रिया